
जेठ ६,
कैलालीको जोशीपुरमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन अधिकृतको कार्यालय जोशीपुरले प्रमाण पत्र वितरण गरेको छ। जोशीपुर गाउँपालिका निवर्तमान अध्यक्ष रामकृष्ण चौधरी, निवर्तमान उपाध्यक्ष गिता कठरिया, जोशीपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्री (पौडेल), ईलाका प्रहरी कार्यालय जोशीपुरका प्रमुख प्रनानी नरेश कुमार ढकाल लगायतको उपस्तिथिमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र वितरण गरिएको हो ।

निवर्तमान अध्यक्ष रामकृष्ण चौधरीले नव निर्वाचित जनप्रतिनिधिहरुलाई कार्यकालको शुभकामना सहितको बधाई ज्ञापन गर्नु भयो । त्यस्तै नव निर्वाचित जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले पार्टीगत तथा व्यक्तिगत भेदभाव नराखी सवैलाई सम्मान गर्दै कार्यलाई अगाडी बढाउने बताउनु भयो ।

निर्वाचन अधिकृत शिवराज भट्टले जोशीपुरमा शान्ती पूर्वक निर्वाचत सम्पन्न गर्नमा सहयोग गर्ने सम्पूर्ण जनसमुदाय, सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजिवी, शिक्षा प्रेमी, व्यापारी, कृषकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।