
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालीका धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म ४२ हजार २३० मतगणना भएको छ।
बिहान ७ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १९ हजार १४७ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९ हजार ५५७ र नेकपा एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत पाएका छन्। हमाल र वडबीच ९ हजार ५९० मतको अन्तर छ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८ हजार ८१५ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ८ हजार १४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत पाएका छन्। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, १५, १६, १७, १८ र १९ को मतगणना सम्पन्न भएको छ।