
जेठ ४,
कैलालीको जोशीपुर ५ मा नागरिक उन्मुक्ति पार्टी विजयी बनेको छ। पूर्व राज्य मन्त्री जनकराज चौधरीको वडामा नेपाली कांग्रेसलाई २२६ मतले पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अनर कुमार चौधरी विजयी बनेका हुन । नेपाली कांग्रेसले ५७७ मत ल्याएको छ भने नागरिक उन्मुक्ति पार्टीले ८०३ मत ल्याई विजयी बनेको छ। महिला सदस्यमा नागरिक उन्मुक्तिका सोनि डंगौरा, दलित महिला सदस्यमा नेपाली कांग्रेसका शान्ती नेपाली, खुला सदस्य तर्फ ना.उ.पा.का राम बहादुर चौधरी र श्याम सुन्दर चौधरी विजयी बनेका छन् । हाल सम्म नागरिक उन्मुक्ति पार्टीले जोशीपुरमा १,३,४ र ५ वडामा विजयी बनिसकेको छ। वडा नं. २ मा जनता समाजवादी पार्टी ले विजय प्राप्त गरेको छ भने नेपाली कांग्रेस भने हाल सम्म कुनै वडामा विजयी बन्न सकेको छैन ।
जोशीपुरमा गा.पा. अध्यक्ष पदमा नागरिक उन्मुक्तिका चित्र बहादुर चौधरीले हाल सम्म ३९२१ मत ल्याएका छन् भने निकतम प्रतिद्धण्दी राप्रपाका भिम बहादुर बम २६७१ मत ल्याएका छन् । त्यस्तै गा.पा. उपाध्यक्ष तर्फ नागरिक उन्मुक्तिकी रेखा देवी कठरियाले ३७७१ मत ल्याएकि छिन् भने निकतम प्रतिद्धण्दी नेपाली कांग्रेसका किरण चौधरीले २३८० मत ल्याएकी छिन् ।