जोशीपुर गा.पा.मा राप्रपा र वडा नं. ३ मा नागरिक उन्मुक्ति लिड गर्दै

जेठ २,
जोशीपुर गाउँपालिका अध्यक्ष पदमा राप्रपा र वडा नं. ३ मा नागरिक उन्मुक्तिपार्टीले लिड गरिरहेको छ। सोमबार दिउँसो ३ः०० बजेको नतिजा अनुसार राप्रपा गा.पा.अध्यक्षका उमेद्वार भिम बहादुर बमले १७६९ मत ल्याएका छन् भने प्रतिद्धण्दी नागरिक उन्मुक्ति पार्टी अध्यक्ष पदका उमेद्वार चित्र बहादुर चौधरीले १४४० मत ल्याएका छन् । राप्रपा नागरिक भन्दा ३२५ मतले अगाडी रहेको छ। नेपाली कांग्रेस भने तेस्रो स्थानमा रहेको छ। नेपाली कांंग्रेस १२०२ मत ल्याई तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै अहिले वडा नं. ३ को मतगणना भईरहेको छ। जसमा नागरिक उन्मुक्ति पार्टीले ३६३ मत ल्याई अग्र स्थानमा रहेको छ भने नेपाली कंग्रेस ३४९ मत ल्याई दोस्रो स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *