
जेठ २,
कैलालीको जोशीपुरमा नागरिक उन्मुक्ति पार्टीले दोस्रो बाजी मारेको छ। जोशीपुर गाउँपालिका वडा नं. ३ मा नेपाली कांग्रेसका उमेद्वार किशोर कठरियालाई २२ मतले पछाडी पार्दै जोशीपुरको महिला वडा अध्यक्षमा रेणु कुमारी डंगौरा विजयी भएकी छिन् । रेणु कुमारी डंगौराले ६१५ मत प्राप्त गरेकी छिन् भने किशोर कुमार कठरियाले ५९३ मत प्राप्त गरेका छन् । वडा सदस्यमा महिला सदस्य फुलमति डंगौरा, दलित महिला सदस्य शितल श्रेष्ठ वि.क., खुल्ला सदस्य राजेश कुमार चौधरी र खुल्ला सदस्य ज्ञान प्रसाद महतौंले विजय प्राप्त गरेका छन् ।
जोशीपुर गाउँपालिका अध्यक्ष पदमा राप्रपा गा.पा.अध्यक्षका उमेद्वार भिम बहादुर बमले २११० मत ल्याई प्रथम स्थानमा छन् भने प्रतिद्धण्दी नागरिक उन्मुक्ति पार्टी अध्यक्ष पदका उमेद्वार चित्र बहादुर चौधरीले १६८३ मत ल्याई दोस्रो स्थानमा रहेका छन् । नेपाली कांग्रेस भने तेस्रो स्थानमा रहेको छ। नेपाली कांंग्रेस १३९८ मत ल्याई तेस्रो स्थानमा रहेको छ ।
त्यसै गरि गा.पा. उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उमेद्वार रेखा देवी कठरियाले १७२२ मत प्राप्त गरि पहिलो स्थानमा छिन् भने नेपाली कांग्रेसका उमेद्वार किरण कुमारी चौधरी १३९५ मत प्राप्त गरि दोस्रो स्थानमा रहेकि छिन् ।
