
जेठ २,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. २ मा जनता समाजवादी पार्टीका विष्णु चौधरी वडा अध्यक्षमा विजयी हुनु भएको छ। जसपाका विष्णु चौधरी आफ्नो प्रतिद्धण्दी नेपाली कांग्रेसलाई १९७ मतले पछि पार्दै ६४२ मत ल्याई विजय हुनु भएको छ । खुल्ला सदस्य नागरिक उन्मुक्ति पार्टीका सोहनलाल चौधरी बाहेक जसपा पुरै प्यानलै विजय भएको छ । जसपा महिला सदस्य लक्ष्मी कुमारी चौधरी, दलित महिला सदस्यमा रुक्मिणी महतों, खुला सदस्यमा नरेश कुमार चौधरी विजय भएका छन् ।