बैशाख १५ गते जोशीपुरमा निशुल्क स्वास्थ्य शिविर संचालन हुदै

बैशाख १४,
कैलालीको जोशीपुुरमा नाक, कान, घाँटी सम्वन्धि विरामीहरुको लागि निशुल्क स्वास्थ्य शिविर सन्चालन हने भएको छ । २०७९ साल बैशाख १५ गते जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र मुद्धिमा हुन गईरहेको निशुल्क स्वास्थ्य शिविरमा नाक, कान, घाँटी सम्बन्धि सम्पूर्ण समस्याको निशुल्क परामर्श सेवा उपलब्ध गराईने तथा शल्याक्रियाको लागि छनौट भएका विरामीहरुको नेपालगंग मेडिकल कलेज शिक्षण अस्पतालमा निशुल्क शल्याक्रिया सेवा प्रदान गरिने छ । शल्यक्रियामा हुने सम्पूर्ण जाँच पड्ताल (Investigation) निशुल्क हुनेछ । छनौट शिविरमा आएका शल्यक्रिया हुने वाहेकका विरामीलाई पनि निशुल्क औषधि उपलब्ध गराईने छ । शल्यक्रियाको लागि छनौट भएका विरामीहरुले शल्यक्रिया सेवा लिन १५ दिन भित्र नागरिकता प्रमाण पत्रको प्रतिलिपि लिई कोहलपुर अस्पतालमा सम्पर्क गर्नुपर्ने छ । १५ दिन भन्दा पछि आए मान्य नहुने पनि आयोजकले जनाएको छ। शल्यक्रिया गर्न आउदा आवतजावत र खानाको खर्च विरामी स्वयंले नै व्यहोर्नुपर्ने पनि आयोजकले जनाएको छ । सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा भईरहेको शिविरलाई जोशीपुर गाउँपालिकाको कार्यालय स्वास्थ्य शाखा जोशीपुर कैलालीले स्थानिय आयोजक तथा व्यवस्थापन गर्ने भएको छ भने शिविरमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेको प्राविधिक सहयोग रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *