
जोशीपुर/ बैशाख १२,
स्थानिय तहको निर्वाचनमा जोशीपुर गाउँपालिका अध्यक्ष पदका लागि नेपाली कंग्रेसबाट बन्सराम बडायक, ने.क.पा एमालेबाट केशर बहादुर चौधरी, जसपाबाट चन्द्र प्रकाश चौधरी, नागरिक उन्मुक्ती पार्टीबाट चित्र बहादुर चौधरी, राप्रपाबाट भिम बहादुर बम र नेपाल लोकतान्त्रिक पार्टीबाट अनिता देवी चौधरीले उमेद्वारी दिएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षका लागि नेपाली कांग्रेसबाट किरण चौधरी, नेकपा माओवादीबाट दिर्घराज विनाडी, राप्रपाबाट ममता चौधरी, नेकपा एमालेबाट रम्भा देवी भूल, नागरिक उन्मुक्ती पार्टीबाट रेखा देवी कठरिया र जसपाबाट हिमा कुश्मीको उमेद्वारी रहेको छ ।

