हेर्ति रथु ओई साजना भन्ने थारु गितको छायाँकन सम्पन्न भएको छ । उमेश मुस्कानको शब्द संगीत रहेको गितमा अन्नु चौधरी र रञ्जित थारुको स्वर रहेको छ । थारु गितको सुटिङ बर्दियाको ठाकुरद्धारा, हात्तीसार लगायत विभिन्न पर्यटकीय क्षेत्र र बबई रिसोर्ट र टिकापुरको केओडी रेष्टुरेण्टमा भएको छ । जसमा खडक चौधरी र सुशिला कार्की को अभिनय रहेको छ। मेकअपमा सपना दहित, ड्रेस हरि रानाको रहेको छ । एसिस्टेन डाईरेक्टरमा ओम प्रकाश चौधरी रहेका छन् भने निर्देशन सुधराम दहितको रहेको छ । क्यामरामा महेश चौधरी रहेका छन् भने एसिस्टेन क्यामरामा तिलक विष्ट रहेका छन् । टिकापुर केओडी रेष्टुरेण्टका प्रोप्राईटर जीवन विष्ट आर्थिक सहयोगमा निर्माण भएको गित जे.आर. प्रोडक्सन युट्युव च्यानलबाट सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
