सहमति नहुदा जोशीपुर जेसीजको अधिवेशन स्थगित

पुष १७,
जोशीपुर जेसीजको आठौं शाखा अधिवेशन स्थगित भएको छ । जेसीज वर्ष २०२२ का लागि सुधराम दहित, पदम बोहरा, धर्मेन्द्र विष्ट र भरत डंगौरा गरि ४ जनाले उमेद्वारी दिएका छन् । चार जना उमेद्वार विच सहमति हुन नसक्दा अधिवेशन स्थगित गरिएको छ । जोशीपुर जेसीजका संस्थापक अध्यक्ष सन्तोष पौडेल, वर्ष २०१६ का अध्यक्ष श्याम देव कुश्मी, वर्ष २०१७ का अध्यक्ष विष्णु प्रसाद गौतम, वर्ष २०१८ का शेखर श्रीपाईली, २०१९ का हरि प्रसाद गौतम, २०२० का विष्णु प्रसाद डंगौरा लगायतले सहमति मै जोशीपुर जेसीजलाई लैजानु पर्ने बताएका छन् । जोशीपुर जेसीजका अध्यक्ष वाहेकका पदाधिकारीहरु भने सर्व सहमत चयन भएका छन् । कार्यकारी उपाध्यक्षमा दिल बहादुर कठरिया र नवि हुसेन सर्व सहमत चयन भएका छन् भने उपाध्यक्षमा चेतराज जोशी, सुजित चौधरी, जितेन्द्र बडायक, सन्तोष वि.क. सर्व सहमत चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *