जोशीपुरमा वडा स्तरिय खेलकुद सुरु

खडक चौधरी, मंसिर १७
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ को वडा स्तरिय खेलकुद सुरु भएको छ । खेलकुदलाई वडा नं. १ का वडाध्यक्ष विधिराम चौधरीको सभापतित्वमा सुदुरपश्चिम प्रदेश क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य माननिय कृष्ण बहादुर चौधरीले समुद्घाटन गर्नु भएको थियो । स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद मुल नारा हरेको खेलकुदमा व्याडमिन्टन, कराँते र फुट्बल रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले खेलकुद स्वास्थ्य संग प्रत्येक्ष जोडिएको बताउदै यसले खेलाडीलाई स्थानिय, प्रदेश, संघ तथा अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउने बताए । संघियताको अभ्यासमा सरकार रहेको र अझै सम्म संघिय सरकारले खेलकुदको क्षेत्रमा ध्यान पु¥याउन नसकेको पनि वहाँले जिकिर गर्नु भयो । खेलको लागि संरचना तयार गर्न जरुरी छ र यसका लागि पहल र प्रयास गर्दै गर्दा प्रदेश सरकारबाट र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने पनि वहाँले बताउनु भयो । त्यस्तै कार्यक्रमका सभापति विधिराम चौधरीले १ नं. वडामा खेलकुद संरचनाका लागि पहल गरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *