
मंसिर १०,
कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ झुंगामा बेमौसमी वर्षाबाट प्रभावित कृषकलाई राहत वितरण गरिएको छ । ९ नं. वडा भरीमा ५४ घरधुरी बेमौसमी वर्षाले प्रभावित बनाएको थियो । प्रभावित कृषकहरुलाई प्रति घरधुरी १ कट्टा चामल, २ लिटर तेल, २ के.जी दाल, १ पोका नुन, प्याकेटमा मसला, हल्दी र खुर्सानी वितरण गरिएको छ । रेडक्रस लगायत विभिन्न संघसंस्था, टिकापुर नगरपालिकाको आर्थिक सहयोग तथा वडा कार्यालयको समन्वयमा राहत वितरण भएको हो । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गहुको विउ वितरण गरिएको वडा अध्यक्ष लौटन चौधरीले बताउनु भयो । २ लाख ५० हजार वडाको अनुदान र २ लाख ५० हजार कृषकहरुको रकम गरि जम्मा ५ लाख बराबरको गहुको विउ वितरण गरिएको हो ।