थारु फिल्म जगतमा मदुवा मुदुवा ५ ले बबाल मचाई रहेको छ ।
मदुवा १, २, ३ र ४ को सफलता पछि फेरी सि.एस. फिल्म्स प्रा.लि. धनगढीबाट मदुवा ५ सार्वजनीक भएको छ । जुन भिडियोले अहिले थारु फिल्म जगतमै धमाल मचाई रहेको छ । राष्ट्रिय गायक दर्पण कुसम्या र राष्ट्रिय गायिका सोनु कुश्मीको स्वरमा रहेको यो गितको भिडियोले समाजमा रहेको विकृतिलाई अंगिकृत गर्दै आम सर्वसाधरणमा सकारात्मक सन्देश दिने मदुवा ५ का मुख्य पात्र गंगा चौधरीको भनाई छ ।
मदुवा आफैमा ब्राण्ड बनिसकेको छ र हरेक भागमा सामाजिक विकृतिलाई चित्राङ्कन गर्दै समाजमा रहेका मदुवा, जडिह्याहरुमा सकारात्मक सोचको विकास गराई सुशासित समाज रुपान्तरणमा सहयोग गर्दै आएको भिडियो निर्देशक सुधराम दहितले बताए ।
मदुवा टिमले लाखौं खर्च गरेर समाजका कुरितीहरुलाई सवैको सामुन्ने ल्याएको छ र विकृति, कुरीतीलाई न्यूनिकरण गर्नमा यो व्राण्डको अहम भूमिका रहेको भिडियो छायाँङ्कार तथा सम्पादक सतिश कुमार सिन्हाले बताउनु भयो । भिडियो सन्देश मुलक हुन आवश्यक रहेको पनि वहाँँले बताउनु भयो । मदुवा ५ मा मदुवा ग्रुप सँगै समु चौधरीको अभिनय हेर्न सकिन्छ । मदुवा ६ ले के सन्देश लिएर आउने हो यसको पर्खाईमा आम दर्शकहरुले विभिन्न सामाजिक संजाल मार्फत माग गरिरहेका छन् ।
