ट्रेड युनियन जोशीपुरको दोस्रो अधिवेशन सम्पन्न/अध्यक्षमा अनिश चौधरी

कैलालीको जोशीपुरमा नेपाल अटो मेकानिक्स ट्रेड युनियन जोशीपुर गाउँ कमिटिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा अध्यक्षमा अनिश चौधरी निर्वाचित भएका छन् भने उपाध्यक्षमा सुर्य कठरिया, सचिवमा अनार चौधरी, सहसचिवमा रामजनम चौधरी, कोषाध्यक्षमा पुरुषोत्तम चौधरी निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा विशम्बर चौधरी, राम प्रसाद चौधरी, भरत थापा र कनैया कठरिया रहेका छन् ।
जसमा नेपाल अटो मेकानिक ट्रेड युनियन सुदुरपश्चिमका अध्यक्ष चन्द्र प्रकाश गैह्रे, नाटु सु.प. प्रदेश सचिव गोपाल के.सी. र नाटु धनगढी उपमहानगरपालिका अध्यक्ष सुनिल श्रेष्ठ निर्वाचन आयुक्त रहेका थिए । सम्पूर्ण अटो मेकानिक एक हौं मूल नारा रहेको युनियन अधिबेशनका प्रमुख अतिथि एवं जिफण्ड सुदुरपश्चिम प्रदेश अध्यक्ष देव बहादुर बमले युनियनका महत्व वारे प्रष्ट पार्नु भएको थियो । वहाँले स्थानिय स्तरमा मेकानिकहरुको युनियन अति आवश्यक रहेको पनि बताउनु भयो । हाल सम्म मेकानिकहरुको एकरुपता नभएकै कारण स्थानिय सरकारबाट पाउने सेवा सुविधाबाट बन्चित भएको बताउदै जिफण्डमा आवद्ध भएका मेकानिकहरुलाई आकस्मीक दुर्घटनामा मेडिकल खर्च स्वरुप ३० देखि ४० प्रतिशत सम्म रकम उपलब्ध गराउने पनि प्रमुख अतिथिले जानकारी दिनु भएको छ । कार्यक्रममा विशिष्ट अतिथि नेपाल अटो मेकानिक ट्रेड युनियन सुदुरपश्चिमका अध्यक्ष चन्द्र प्रकाश गैह्रेले टेक्नोलोजी धेरै अगाडी पुगेको बताउदै युनियनमा आवद्ध मेकानिकहरुलाई अपडेटका लागि तालिम दिन आवश्यक रहेको बताउनु भयो । निवर्तमान अध्यक्ष अशोक कठरियाको सभाध्यक्षतामा नाटु सु.प.प्रदेश सदस्य रुपलाल चौधरी, नाटु सु.प. प्रदेश सदस्य रामनरेश चैधरी आतिथ्यता तथा स्थानिय मेकानिकहरुको उपस्थितिमा औपचारिक कार्यक्रम जोशीपुरको स्टार क्याफेमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *