धर्मेन्द्र विष्ट/असार १९ /
कैलालीको जोशीपुर गाउँपालिका वडा नं ३ रामनगरमा मुख्य मन्त्री नमुना कृषि कार्यक्रम अन्तर्गत करिब १५०० कुन्टल बिउ भन्डारण गर्ने सक्ने गोदाम निर्माण काम भईरहेको छ। कृषि ज्ञान केन्द्र कैलालीको १६ लाख तथा दौना बेबरी बचत तथा ऋण सहकारी संस्था रामनगर को ४लाख गरि २० लाख बजेट बाट बिउ भन्डारण गृह निर्माण भइरहेको सहकारी संस्थाका अध्यक्ष राम प्रकाश डगौरा ले बताए। डगौरा का अनुसार गत आथिर्क वर्षमा २२ विगाहा क्षेत्रफलमा बिउ उत्पादन गरिएको र यस आ।व। ०७८र०७९ मा करिब ३० विगाहा क्षेत्रफलमा बिउ उत्पादनका किसान लाई मुल बिउ बितरण गरिएको बताएका छन्। जोशीपुर सन्देश संग कुराकानी गर्दै अध्यक्ष डगौराले धान, गहुँ, मकै लगायतको बालिमा कृषक लाई बिउमा आत्मनिर्भर बनाउने , रैथाने बालीको संरक्षण, नयाँ जातको परिक्षण समेत गर्न सकिने बताएका छन। यसका साथै स्थापना को छोटो समयमा लि वर्ड को सहयोगमा स्थानीय बालि सुधार परियोजना तथा जिविकोपार्जन सुधार कार्यक्रम संचालनमा रहेका छन।
