कैलाली बर्दीया जोड्ने अवरुद्ध सडक सुचारु

 कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ति पुल भासिएर अवरुद्ध भएको आवागमन ५ दिनपछि सुचारू भएको छ।

पुलको पूर्वतर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकोमा मर्मतपछि सुचारू भएको हो।

नदीले पूर्वतर्फको भाग काट्न थालेको थियो। नदी कटान रोक्नका लागि इलाका प्रहरी कार्यालय राजापुरबाट सुरक्षाकर्मी खटिएको थियो।

यो पुल हुलाकी राजमार्गअन्तर्गत निर्माण भएको हो। पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो।

यो पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो। विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका थिए भने साना सवारीका साधन समेत सञ्चालनमा आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *