मर्सिकोरद्वारा अक्सिजन सिलिण्डर सहयोग

बिहिवार, १७ आषाढ

हसुलिया, १७ असार । मर्सिकोर नेपालले कैलारी गाउँपालिकालाई अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर सहयोग गरेको छ ।

कोभिड बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले मर्सिकोरले ४८ लिटरको १० वटा सिलिण्डर र १० लिटरको पाँच वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो । सो संस्थाका प्रतिनिधिले आज ती सामग्री गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवालाई हस्तान्तरण गरेको गाउँपालिकामा कार्यरत कर्मचारी रविन्द्र चौधरीले जानकारी दिए । स्वास्थ्य सामग्री हस्तान्तरण अवसरमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाको पनि उपस्थिति रहेको थियो । कैलारी अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *