श्रीमद् भागवत हुने भएपछि जोशीपुर गाउँबासीले गरे गाउँ सरसफाई

चैत २३,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. १ जोशीपुर गाउँमा श्रीमद् भागवत राम कथा २०८१ हुने भएपछि जोशीपुर गाउँबासीहरुले जोशीपुर गाउँ सरसफाई गरेका छन् । विभिन्न पवित्र स्थानबाट भक्तजनहरु आउने भएकोले पुरै गाउँ सरसफाई गरि चिटिक्क बनाई आन्तरीक तथा बाह्य श्रद्धालु भक्तजनहरुलाई आकर्षण गराउने सरसफाईको उद्देश्य रहेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष राज कुमारी कुश्मीले बताउनु भयो ।

जोशीपुर गाउँसमाजको आयोजनामा चैत्र २४ गते देखि सुरु हुने श्रीमद् भागवत राम कथा जोशीपुर गाउँको हनुमान मन्दिरमा हुने छ । हनुमान जयन्तीको उपलक्ष्यमा हुने श्रीमद् भागवतमा स्वामी सुरेन्द्र पाठक दास महाराजले कथा बाचन गर्नुहुनेछ। गाउँ भलमन्सा देवी लाल चौधरी र मन्दिर अध्यक्ष राज कुमारी कुश्मी कार्यक्रमका संयोजक रहेको श्रीमद् भागवत चैत्र ३१ गते सम्म संचालन गरिने र २०८२ साल बैशाख १ गते वृहत भण्डारा हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *