
चैत्र २०,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ ले यूवाहरुलाई स्वरोजगार बनाउन कार ड्राईभिङ्ग तालिम सञ्चालन गरेको छ। आ.व. २०८१÷०८२ को यूवा लक्षित कार्यक्रम अन्तरगत विनियोजित गरेको बजेटबाट वडाले कार ड्राईभिङ्ग तालिम दिईरहेको छ । अहिलेको समयमा यूवाहरुलाई प्रविधिक ज्ञान र सिप अति आवश्यक रहेको वडा अध्यक्ष रामजनम चौधरीको भनाई रहेको थियो । “सिप भएका व्यक्तिहरु कहिल्यै पनि भोको मर्देनन् ।

उनिहरु जुनसुकै ठाउ“, जुनसुकै परिस्थीतिमा पनि आफुलाई बाँच्ने बातावरण मिलाएकै हुन्छन् । यूवाहरुले सिप सिक्नै नचाहने परिस्थीतिले बेरोजगारको सृजना गरिरहेको छ । यसका लागि वडा तथा स्थानिय पालिकाले निशुल्क रुपमा दिइरहेको विभिन्न तालिममा यूवाहरुको न्यून सहभागिता रहेको देखिन्छ । यस प्रति सरकार सक्रिय छ तर यूवाहरु कृयाशिल र सिप सिक्ने चाँसो नै छैन ।” उनले भने । छिमेकी राष्ट्र भारत जान सक्रि हुन्छन् तर सिप सिक्न चाहदैनन् । भन्ने पनि उनको भनाई रहेको थियो ।
