
चैत्र १७,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ मा अवस्थित कुट्नी बुर्हिया धार्मिक क्षेत्रमा आज चैत्र १७ गते देखि कलश यात्रा सँगै कुट्नी बुर्हिया श्रीमद् भागवत धनधान्य महामहोत्सव ज्ञान महायज्ञ–२०८१ सुरु भएको छ । कुट्नी बुर्हिया धार्मिक तथा साँस्कृतिक पर्यटन क्षेत्र विकास समितिको आयोजनामा धार्मिक ज्ञान महायज्ञ सूरु भएको हो ।

चैत्र १७ गते देखि चैत्र २५ गते सम्म सञ्चालन हुने ज्ञान महायज्ञमा बाल ब्रहमाचारी बाबा लक्ष्मण भारतीले कथा वाचन गर्नुहुनेछ । सरकारको नजर अझै सम्म यो दिव्यधाममा नपरेको जोशीपुरकै नमुना पर्यटकीय क्षेत्र कुट्नी बुर्हिया माताको मन्दिर तथा स्नानघाट निमार्णसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि धनधान्य महामहोत्सव गरिरहेको आयोजकले जनाएको छ ।


