
फागुन १,
कैलालीको टीकापुर नगरपालिका ६ नं. वडामा अवस्थित नारायणपुर खेल मैदान फागुन १ देखि ३ गते सम्म चल्ने बृहत सांस्कृतिक मेलालाई उद्योग, पर्यटन, बन तथा बातावरण सुदूरपश्चिम प्रदेशका मन्त्री लक्ष्मण किशोर चौधरीले समुद्घाटन गर्नु भएको छ। उहिलेको समयमा यस ठाउँमा लाग्ने बृहत मेलालाई कुमर्हगड्डीको मेला भनिने गरिन्थ्यो । त्यो मेला भव्य रुपमा राती र दिउँँसो चल्ने गर्दथ्यो । मेलाले यस ठाउँको बासिन्दा, कृषक तथा व्यापारीहरुलाई व्यवसायिक तथा स्वरोजगार बनाएको थियो भन्ने मन्त्री चौधरीको भनाई रहेको थियो ।

अहिले यस ठाउँका यूवाहरु बेराजगार छन् । सवै यूवाहरु विदेश पलायन भैरहेको अवस्था छ । यूवाहरुलाई स्वदेशमै केहि गर्न रोजगारको सृजना गर्न उद्योग, पर्यटन, बन तथा बातावरण सुदूरपश्चिम प्रदेशले बनरक्षक, बन अधिकृत लगायत विभिन्न पद सहित २ सय ५० जनाको लागि भ्याकेन्सी खोलिरहेको छ । योग्यता पुगेका यूवाहरुले फर्म नछुटाउन समेत वहाँले आग्रह गर्नु भएको छ।

टीकापुरलाई गुलाबको सहर बनाउने लक्ष्यले आफुले सम्हालेको मन्त्रालयबाट टीकापुरलाई १० हजार गुलाबको बोट उपलब्ध गराउने प्रतिवद्धता समेत गरिसकेको वहाँले बताउनुभयो । वहाँले भन्नु भयो “पर्यटकीय क्षेत्र टीकापुरको हरेक गल्ली, सडक, वडा कार्यालय, नगरपालिकाको कार्यालय, विभिन्न संघ संस्थाको कार्यालयमा समेत गुलावको फुल रोपी टीकापुरलाई गुवालबो सहर बनाउनमा सवै जनाले हातेमालो गरिदिनु होला ।”

कार्यक्रममा थारु महानायक प्रेम चौधरी, नायक जीत गोईजीहार, खलनायक एनआर रिमाल, मेगा स्टार संगत थारु, राष्ट्रिय भलिवल खेलाडी सिता चौधरी, निर्देशक सुधराम दहित, पत्रकार गणेश क्षेत्री लगायतका व्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
स्टार यूवा क्लवका टीकापुर ५ बसन्ताका अध्यक्ष राकेश चौधरीको संयोजकत्वमा भईरहेको बृहत मेलामा विभिन्न थारु खानाको परिकार, सांस्कृतिक नाच लगायत कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाइएको छ।