जोशीपुर ३ मा वडा स्तरिय खेलकुद सुरु

कार्तिक ९,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ३ मा ५ औं वडा स्तरिय खेलकुद सुरु भएको छ । ३ नं. वडा स्तरिय खेलकुद समितिको आयोजना तथा वडा नं. ३ को आर्थिक सहयोगमा भईरहेको खेलकुद बन्जरियाको फुटवल ग्राउण्डमा भईरहेको छ। खेलकुद समितिका अध्यक्ष जंग बहादुर डंगौराको सभाध्यक्षता तथा वडा अध्यक्ष रेणु कुमारी डंगौराको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको खेलकुद प्रतियोगितामा पुरुष तर्फ फुटवल, पुरुष तर्फ भलिवल, महिला तर्फ भलिवल, क्रिकेट र व्याड मिण्टन रहेको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद मुल नारा रहेको खेललाई शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथिले खेलाडीका लागि अनुशासन महत्वपूर्ण रहने बताउनु भयो । “राष्ट्रका गहनाको रुपमा मानिने खेलाडीहरु स्थानिय स्तरबाट नै मेहेनत गरेर जिल्ला, प्रदेश तथा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत खेल खेल्न पुगेका हुन्छन् । त्यस कारण खेलाडीले अनुशासित र शौहार्दपूर्ण बातावरणमा खेल प्रदर्शन गर्नु पर्छ ।” वहाँले भन्नु भयो ।

खेलाडीहरुको प्रोत्साहनका लागि भए पनि वडा स्तरीय खेलकुद हुन आवश्यक रहेको विशिष्ट अतिथि विष्णु प्रसाद डंगौराले बताउनु भयो । त्यसै गरि यूवा सञ्जाल जोशीपुरका अध्यक्ष सन्तोष वि.क.ले प्रत्येक वर्ष वडाले नयाँ कार्य समिति गठन गरि खेलकुद सञ्चालन गरेकोमा आपत्ति जनाएको थिए। पालिकाले बनाएको कार्यविधि अनुसार कुनै पनि कार्यक्रम सञ्चालन गर्नु पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *