जोशीपुर विपद व्यवस्थापनको पोर्टल मस्यौदा वारे छलफल

भाद्र २०,
कैलालीको जोशीपुर गाउँपालिकाको विपद व्यवस्थापन शाखाको पोर्टलको स्थानीयकरण र स्थानीय विपद तथा जलवायु उत्थानशील योजनाको मस्यौदा बारेमा छलफल भएको छ। विपद व्यवस्थापन समिति, स्थानिय सरकार, ईलाका प्रहरी कार्यालय, यूवा सञ्जाल, जेसीज लगायतको उपस्थितिमा विपद पोर्टलको परिचय, मोडल, तथ्याङ्कहरुको डाउनलोड र प्रयोग कसरी गर्ने, विपद पोर्टलको कार्यविधि, विपद् पोर्टलको स्थानीयकरण, स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको मस्यौदा छलफल, प्रतिकृया र सुझावहरु, क्लाईमेट फेलोसिप कार्यक्रमको अनुगमन तथा मुल्याङकन् वारेमा विशेष छलफल भएको हो।

विभिन्न सरकारी, गैर सरकारी निकायहरु, शैक्षिक र अनुसन्धान संस्थाहरुबाट उपलब्ध विश्वसनीय डिजिटल र स्थायिन डेटा जम्मा गरि एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली विपद् पोर्टलमा राखिएकोले विपद्का सूचनाहरु एकै ठाउँबाट सवैले जानकारी प्राप्त गर्न सकिने, हरेक घटनाको व्यवस्थापन र राहत वितरण कार्यलाई नदोहो¥याई वितरण गर्न सकिने, सरल र सजिलो माध्यमबाट विपद् व्यवस्थापन गर्न सकिेन भएकोले यो पोर्टल महत्वपूर्ण रहेको छ । जोशीपुर गाउँपालिका र युथ ईन्नोभेसन ल्याव काठमाण्डौं विचको सम्झौता अनुसार पोर्टल तयार भएको थियो । जसको मस्यौदा माथि बृहत छलफल गरिएको छ ।

स्थानीय तहमा व्यवस्थापनका लागि आवश्यक तथ्याङ्क एवं सूचनाहरुको संकलन गर्न, तथ्याङ्क प्रणालीमा प्रविष्ट गर्न प्राविधिक तथा प्रशासनिक प्रक्रियाको कार्यविधि निर्धारण गर्न, तथ्याङ्क तथा सूचनाको व्यवस्थापनमा सम्बन्धित निकाय तथा व्यक्तिहरुको भूमिका, जिम्मेवारी अधिकार तथा उत्तरदायित्व स्पष्ट गर्न, विपद जोखिम न्यूनिकरण र व्यवस्थापनमा गर्न आवश्यक तथ्याङ्क साथसाथै अन्य जानकारीमा सम्बन्धित सरोकारवालाहरुको पहुँच सहज गर्न, पोर्टलको प्रयोग गरि प्रभावकारी ढंगले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यगर्न तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनिकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न र स्थानिय स्तरमा सुचित निर्णय लिनको लागि पोर्टलको प्रयोग सम्बन्धमा कार्य संयन्त्र तय गर्न पोर्टलको आवश्यकता रहेको गाउँ पालिका उपाध्यक्ष रेखा देवी कठरियाको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *