
कैलालीको जोशीपुरमा हिन्दु नारीहरुको महान पर्व हरितालीका तीज विशेष कार्यक्रम भएको छ। जोशीपुर गा.वि.स. स्तरिय शान्ति सदभाव महिला समाजको आयोजना भएको कार्यक्रममा शान्ता भण्डारीको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिकाको कार्यवाहक अध्यक्ष रेखा देवी कठरियाको प्रमुख अतिथ्यता रहेका थियो । देश व्यापी रुपमा तीज मनाईरहँदा तमाम ठाउँमा विकृतिको रुपमा तीजमा नाच्ने नाच सामाजिक सञ्जालमा आईरहेकोले यसलाई ध्यानमा राखी सभ्य र मर्यादीत तरिकाले तीज बनाउन आग्रह गर्दै प्रमुख अतिथि कठरियाले कार्यक्रमलाई शुभकामना दिनुभएको थियो । त्यसै गरि वडा नं. ३ का वडा अध्यक्ष रेणु कुमारी डंगौराले आर्थिक संकटको समयमा कम खर्चले प्रभावकारी कार्यक्रम बनाउने प्रयास गर्न जरुरी रहेको बताए । हिन्दुहरुको महान पर्व तीजलाई पालिका भरिका महिला सम्पूर्ण महिलाहरुलाई एक ठाउँमा भेला गराई रमाईलो गर्न सके अझै कार्यक्रम प्रभावकारी रहने पनि वहाँले बताउनु भयो । जोशीपुर गाउँपालिकाको आर्थिक सहयोगमा भएको औपचारिक कार्यक्रमलाई नारायणी थारुले शहजीकरण गरेका थिए ।
