
बर्दगोरिया गाउँपालिका वडा –५ ,बेलुवा निवासी एवं सहयोगी बेलुवा युवा क्लबका अध्यक्ष महेश रावलले अफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेका छन । जन्मदिनलाई फरक र विषेश गराउने योजना अनुसार आफुले २५ बिरुवा रोपेर आफ्नो जन्मदिन मनाएको अध्यक्ष रावलले बताए।
बर्दगोरिया -५ बेलुवा रोडको छेउ छेउमा हरियाली र सुन्दर देखिने भएकाले फुल, बेल लगायतका २५बिरुवा रोपिएको हो
वृक्षारोपण कार्यक्रममा सहयोगी बेलुवा युवा क्लबका पदाधिकारी टोलबासीहरुको समेत सहभागिता रहेको थियो ।
साथीभाई जम्मा भएर फजुल खर्च गर्न भन्दा यसप्रकारका नयां नयां कार्य गरेर आफ्नो जन्मदिनको स्मरण गर्दा पछिसम्म पनि त्यसको सकरात्मक प्रभाव पर्ने रावलले बताए ।