१५ वर्ष पछि सार्वजनिक सुनुवाई हुदा बाँणी जलउपभोक्ताहरु खुशी

असार २३,
कैलालीको जोशीपुर गाउँपालिका अन्तरगतको बाँणी सिंचाई जल उपभोक्ता संस्थाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विधिराम चौधरीको सभाध्यक्षता तथा जोशीपुर गा.पा. वडा नं. ४ का वडा अध्यक्ष रामजनम चौधरीको प्रमुख आतिथ्यतामा सुनुवाई सम्पन्न भएको हो ।

१५ वर्ष पछि बाँणी सिंचाई जल उपभोक्ता संस्थाको सार्वजनिक सुनुवाई हु“दा जलउपभोक्ताहरु खुशी भएका छन् । वि.स. २०६६ सालमा डम्मर परियार को अध्यक्षतामा स्थापना भएको बाँणी सिंचाई जल उपभोक्ता संस्थाको हाल सम्म प्रगति प्रतिवेदन तथा सार्वजनिक सुनुवाई भएको थिएन । जलउपभोक्ताहरुको चा“सो गुनासो आवश्यकता बेवास्ता भएपछि नया“ वि.सं. २०८० साल बैशाख १५ गते २२ गाउँका किसानहरुको उपस्थितिमा विधिराम चौधरीको अध्यक्ष्यतामा नयाँ तदर्थ समिति गठन भई २०८० साल माघ १३ गते ततकालिन भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री माननिय कैलाश चौधरीको प्रमुख आतिथ्यता रहेको आमभेलाबाट नया“ कमिटिले पुर्णता भएको थियो। नयाँ कमिटिले सक्रिय भई काम गरेकोमा कृषक एवं. गाउँभलमन्साहरुले सभामा खुशी व्यक्त गरेका थिए । उनिहरुले भने “किसानको आवश्यकता सिचाई हो यस प्रति खेलवाड गर्नु किसान माथि खेलवाड गर्नुहो । वर्षौ पछि कुलोको पुजा भएकोमा हामी किसान खुशी छौं ।”

नया“ कमिटीले आ.व. २०८०/०८१ को जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय धनगढीको आर्थिक सहयोगमा गरेको कार्ययोजनाको सार्वजनिक सुनुवाईमा ५ लाख ५८ हजार ३ सय ६० रुपैया बराबारको अनुदान सहित गरि जम्मा ५४ लाख १५ हजार ३ सय ४२ को आय–व्यय रहेको विवरण संस्थाका उपाध्यक्ष भैरव महतोंले प्रस्तुत गर्नुभएको थियो। वहाँ २०८१ साल जेठ २६ गते सम्पन्न गरेको कुलो पुजाको आय व्यय पनि प्रस्तुत गर्नु भएको थियो ।

अलपत्र रुपमा रहेको वाँणी कुलो सिंचाई जलउपभोक्ता संस्थाले नयाँ नेतृत्व पाएकोमा सम्पूर्ण टिमलाई बधाई दिदैं यस क्षेत्रमा उत्पादन हुने धान, गहुँ, मकै लगायतको उत्पादनलाई वृद्धि गर्न सिचाईको महत्वपूर्ण भूमिका रहेको प्रमुख अतिथि रामजनम चौधरीले बताउनु भयो । जोशीपुरको सम्पूर्ण जलउपभोक्ता संस्थाका लागि संघबाट ६ करोड रुपैया वजेट विनियोजित गरेको पनि वहा“ले जानकारी दिनुभयो ।

यस क्षेत्रको किसानको समस्यालाई यस क्ष्ँेत्रकै अग्रजहरुको ध्यानाकर्षण हुन नसकेको अवस्थामा नयाँ कमिटि सक्रिय भई कार्य गर्न जुटेको र कार्य सम्पादन सफलता पूर्वक सम्पन्न गरेकोमा आफ्नो कमिटि र सहयोगी सम्पूर्ण किसान, भलमन्सा, शुभचिन्तकहरुलाई संस्थाका अध्यक्ष विधिराम चौधरीले धन्यवाद ज्ञापन गर्दै बहुत संघर्षका बाबजुड किसानको सिचाईको समस्यालाई केहि हदसम्म कार्य गर्न सफल भएको बताउनु भयो । वहाँले पुरानो कमिटिले कार्य गर्नमा समस्या खडा गरेपनि त्यसलाई चुनौतीको रुपमा लिई कार्य गरेको बताउनु भयो । बाँणी सिंचाई जल उपभोक्ता संस्थाकोका उपभोक्ताहरुको सिचाईको समस्यालाई निराकरणका लागि आफु र आफ्नो कमिटि अहोरात्र खटेर काम गर्ने पनि वहा“ले प्रतिवद्धता व्यक्त गर्नु भयो । “हामी किसानको छोरा हौं । कृषि हाम्रो पेशा हो । कृषि विना यहाँका जनताको अरु विकल्प छैन । त्यस कारण कृषिका लागि हामी सवैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु पर्छ । वहाँले भन्नु भयो । बाँणी सिंचाई जल उपभोक्ता संस्थाको क्ष्ँेत्र भित्र पर्ने विभिन्न गाउँका भलमन्सा, अगुवा, समाजसेवी, वुद्धिजिवि, शिक्षाप्रेमी लगायतको उपस्थितिमा रामफल चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमलाई गुलावचन चौधरीले शहजीकरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *