एम्बुलेन्स चालकको कागजात फरक परेपछि नियुक्ति नहुदै करार नतिजा रद्द

असार ३१,
कैलालीको जोशीपुर गाउँपालिकाले मिति २०८१ साल असार २१ गते एमबुलेन्स सञ्चालनका लागि एम्बुलेन्स चालकको आवश्यकताको विज्ञापन सम्बन्धि सूचना प्रकाशित गरेको थियो । एम्बुलेन्स चालक संख्या १ को पदपुर्ति गर्न गरिएको कर्मचारी करारमा लिने सम्बन्धि सूचनाको आधारमा दरखास्त दिएका उमेद्वारहरु मध्य प्रारम्भिक वर्णानुक्रम अनुसार छोटो सूचिमा ७ जनाको नाम प्रकाशित भएको थियो । असार २८ गते पालिकाले उमेद्वारहरुको लिखित, प्रयोगात्मक र अन्तरवार्ताका लागि उतिर्ण भएको व्यहोरा जानकारी गराउँदै अनिल कुमार चौधरी, प्रवेश चौधरी र भिमलाल चौधरी गरि ३ जनाको नाम प्रकाशित गरेको थियो । परिक्षामा उमेद्वारको प्रयोगात्मक, अन्तरवार्ता र लिखित परिक्षाको प्राप्ताङ्कको आधारमा योग्यता कायम हुन आएका ३ जना मध्य प्रवेश कुमार चौधरी सिफारिस योग्यताक्रममा छनौट भएका थिए भने अनिल कुमार चौधरी बैकल्पिक योग्यताक्रममा छनौट भए र भिम लाल चौधरी आउट भएको सूचना गा.पा.ले प्रकाशित गरेको थियो ।
करार सम्झौता नहुदै एक्कासी गा.पा.ले परिक्षा नजिता रद्द सम्बन्धमा असार ३१ गते सूचना प्रकाशित गरेको छ । एम्बुलेन्स चालक परिक्षामा सफल परिक्षार्थीले नियुक्ति लिंदाका बखत परिक्षाको सूचनामा तोकिएको न्यूनतम योग्यता र सक्कल कागजात फरक परेको देखिएको भन्दै योग्यताक्रममा फरक पर्न गई सम्पूर्ण परिक्षा नै प्रभावित हुन सक्ने सूचना प्रकाशित गर्दै गा.पा.को एम्बुन्स चालकको सम्पूर्ण परिक्षा नजिता रद्द गरेको हो ।
प्रवेश चौधरी (वडा अध्यक्षका छोरा) लाई योग्यताक्रममा छनौट गरिएपछि उनले पेश गरेको कागजात संकास्पद भएको हल्ला बजार तथा गाउँमा फैलियो र यथार्थ बुझ्नका लागि जोशीपुरका विभिन्न राजनितिक दल र यूवा सञ्जाल जोशीपुरका जिम्मेवार यूवाहरु पालिका पुगेका हुन् । परिक्षा दिनु पूर्व नै कागजातहरुको चेकजाँच हुनु पर्नेमा किन भएन ? यो सव सेटिङ्गमा भईरहेको छ भन्दै उनिहरु पालिका पुगेको थिए । निश्पक्ष रुपमा योग्यता तथा क्षमता पुगेको उमेद्वारले नै एम्बुलेन्स चालक हुनु पर्छ भन्ने माग उनिहरुको थियो । स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा समेत गा.पा.ले लापर्वाही गरिरहेको भन्दै उनिहरुले आपत्ती जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *