
असार १६,
बाल कल्याण संघ टीकापुरको सामाजिक परिक्षण जोशीपुर गाउँँपालिकाको सभाहलमा सम्पन्न भएको छ । बालबालिका तथा किशोर किशोरी रुपान्तरणका लागि सशक्तिकरण परियोजना अन्तरगत आ.व. २०८०/०८१ को सामाजिक परिक्षण सम्पन्न भएको हो । कार्यक्रममा बाल कल्याण संघ टीकापुरका प्रोग्राम कोर्डिनेटर रामलाल चौधरीले आ.व. २०८०/०८१ को बजेट ४४ लाख ४४ हजार ६ सय १४ रुपैया रहेको जस मध्य ४३ लाख ८१ हजार ६ सय १० रुपैया खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बा“की रकम असार मसान्त सम्म बाँँकी योजनामा खर्च हुने पनि वहा“ले बताउनु भयो ।

जोशीपुर गाउँँपालिकाका बालबालिका तथा किशोरकिशोरी, यूवाहरुलाई घर तथा समुदायको सुुरक्षित र सहयोगी बातावरणमा उचित स्याहार, संरक्षण र वृद्धि विकासका लागि अवसर प्राप्त गराई उनिहरुको लक्ष्य प्राप्ती गराउने बाल कल्याण संघ टीकापुरको लक्ष्य रहेको पनि उनको भनाई रहेको थियो । बाल क्लव र किशोरकिशोरी समूहमा आवद्ध बालबालिका र किशोर किशोरीहरुको सम्वृद्धि र सिकाई अभिवृद्धिमा सहयोग गर्ने, परिवारमा उचित सहयोग र बातावरण प्राप्तिका लागि परिवारको सवलिकरणको निम्ती बाल समृद्ध र आयमुलक कार्यको प्रवद्र्धनका साथै विभिन्न उपयुक्त पहलहरु संचालन गरि सहयोग गर्ने, सिमान्तकृत परिवारका बालबालिका तथा किशोरकिशोरीहरुको विद्यालय सम्म पहुच बृद्धिका लागि सहयोग गर्ने, सुरक्षा र सम्वृद्धिका कार्यहरु प्रभावकारी रुपमा सम्बोधन गर्नका लागि बाल संरक्षण समिति, सामुदायिक संस्था र विद्यालयहरुको क्षमता अभिवृद्धि र सहकार्य गर्ने उद्देश्यलाई सुव्यवस्थीत तरिकाले सम्पन्न भएको बताउँँदै उनले आ.व.२०८१/०८२ का लागि ३२ लाख ४८ हजार ४ सय १५ रुपैया बजेट रहेको पनि जानकारी गराए ।

त्यसै गरि रुपान्तरणका लागि सशक्तिकरण र संगठन परियोजना लम्कीचुहा, जानकी र जोशीपुरको आ.व. २०८०/०८१ मा ५६ लाख ९ सय २४ रुपैया रहेको जसमध्य ५५ लाख ४३ हजार ३ सय ९१ रुपैया खर्च भएको बाल कल्याणसंघ टीकापुरकि कार्यक्रम व्यवस्थापक नयनतारा श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बा“की रकम असार मसान्त सम्म खर्च हुने बताउँँदै आ.व. २०८१/०८२ मा जोशीपुरका लागि १३ लाख ८० हजार ८ सय ८६ रुपैया बराबरको बजेट रहेको पनि वहा“ले बताउनु भयो ।

कार्यक्रममा जोशीपुर गा.पा.अध्यक्ष चित्र बहादुर चौधरीले बालकल्याणसंघ टीकापुरले बालबालिकाको क्ष्ँेत्रमा राम्रो कार्य गरिरहेको बताउनु भयो । गा.पा.उपाध्यक्ष रेखा देवि कठरियाले बालबालिका संग संगै महिला समुहलाई पनि सक्रिय बनाउनमा जोड दिनु पर्ने बताए । त्यसै गरि गा.पा. प्रबक्ता एवं ४ नं. वडा अध्यक्ष रामजनम चौधरीले बालकल्याण संघ टीकापुरले बालबालिकाहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताए । उनले भने “लागुपदार्थ दुव्र्यसनी तथा बालविवाह न्यूनिकरणका लागि बाल कल्याणले राम्रो कार्यक्रम गर्दैछ ।”