
कैलालीको जोशीपुर गाउ“पालिकाको १२ औं गाउ“सभा अधिवेशन बैठकलाई सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रि कैलाश चौधरीले सम्बोधन गर्नु भएको छ । गाउ“सभाको सफलताको शुभकामना दिंदै मन्त्री चौधरीले जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवनका लागि प्रदेशबाट बजेट विनियोजित गरेको बताउन भयो । जोशीपुर बजारलाई केन्द्र विन्दु मानेर ५ किलोमिटर उत्तर र ५ किलोमिटर दक्षिण सम्म बौनिया“ भजनी सडक कालोपत्रे तथा झवही देखि विष्णापुर सम्म मुल सडकका लागि पनि बजेट विनियोजित गरेको वहा“ले बताउनु भयो ।

“जोशीपुर गाउ“पालिका २ नं. वडामा अवस्थित लभ्ली पार्क जसले जोशीपुरलाई चिनाईरहेको छ त्यसलाई व्यवस्थीत बनाउनमा स्थानिय सरकारको लगानी हुनुपर्छ । पर्यटकीय क्षेत्र घोषणा गरिएको पौराणिक ईतिहास बोकेको धार्मिक क्षेत्र कुट्नी बुर्हिया माताको व्यवस्थापनका लागि गुरु योजना बनाई स्थानिय सरकार बजेट विनियोजित गर्न जरुरी छ ।

यि दुई क्षेत्रमा लगानी ग¥यौं भने लगानी खेर जा“दैन । स्थानिय सरकारले आन्तरीक स्रोत वृद्धि हुने तथा राजश्व उठाउन सकिने सम्भावना बोकेका क्षेत्रमा लगानी गर्न जरुरी छ ।” वहा“ले भन्नु भयो। बजेट विनियोजित गरेर मात्र हुदैन कार्यन्वयन गर्न जरुरी हुन्छ भन्दै वहा“ले कार्यन्वयन चाहि चुनौतीको रुपमा रहेको बताउनु भयो ।