अभिभावक सचेतना तालिम रा.मा.वि. डहरवेरियामा आज देखि सुरु

जेठ २८,
राष्ट्रिय माध्यमिक विद्यालय जोशीपुर गाउँपालिका ४ डहरवेरियामा आजदेखि अभिभावक सचेतना तालिम सुरु भएको छ । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धलाई प्रगाढ बनाउन, विद्यार्थी प्रति अभिभावकको जिम्मेवारी, बालबालिकाहरुलाई अनुशासित लगनशिल र शिक्षा प्रति आकर्षण बढाउन अभिभावकले के कस्तो दायित्व पुरा गर्नु पर्छ, शिक्षक तथा विद्यार्थीको भुमिका के कस्तो हुन जरुरी छ । यसको विस्तृत जानकारी अभिभावकलाई दिनुपर्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

सचेतना तालिम जेठ २८ गते देखि जेठ ३१ गते सम्म ४ दिन चल्ने विद्यालयका प्र.अ. लिलाराम ओलीले बताउनु भयो । जव अभिभावक विद्यार्थीप्रति चिन्तीत हुन्छन्, उनिहरुको आवश्यकतामा साथ दिन्छन्, शिक्षकले विद्यार्थीको विषयमा गरेको गुनासो तथा सुझावलाई सकारात्मक रुपले ग्रहण गरि विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्छन् तव मात्र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्न सहज हुन्छ भन्ने वहाँको भनाई रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ४ नं. वडा अध्यक्ष रामजनम चौधरीले आफ्नो बालबालिकालाई राम्रो तथा जिम्मेवार नागरिक बनाउनका लागि प्रत्येक अभिभावकले अभिभावक सचेतना कार्यक्रममा सहभागि भई तालिम लिन अनिवार्य रहेको बताउनु भयो । त्यसै गरि कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद डंगौराले भविष्यको सहारा आफ्नो बालबालिकाहरुलाई मान्ने हो भने उनिहरुको शैक्षिक तथा नैतिक स्तरवृद्धि गर्न अहिले नै आर्थिक, नैतिक, भौतिक लगानी आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *