एन आई सी एशिया बैंकद्वारा विमितको परिवारलाई १० लाख हस्तान्तरण

कैलाली जिल्ला स्थित कैलारी गाउँपालिकाका रतिराम चौधरीको परिवारलाई दुर्घटना बीमा वापतको रकम रु. १० लाख एन.आई.सि.एसिया बैंकले हस्तान्तरण गरेको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथउत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआई सी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ पेरोल बचत खाता योजना अन्तर्गत दुर्घटनामा परी ज्यान गुमाउनु भएका रतिराम चौधरीको परिवारलाई दुर्घटना बीमा वापतको रकम रु. १० लाख उपलब्ध गराएको हो ।
कैलारी गाउँपालिका वडा नम्बर ६ खरुवाखेरामा घर भई जोशीपुर शाखा कार्यालयमा नेपाल विद्युत प्राधिकरण अन्तर्गत सर्वश्रेष्ठ पेरोल बचत खाता खोल्नु भएका रतिराम चौधरीको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम निजको श्रीमती फुलकुमारी चौधरीलाई एन आई सी एशिया बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख जीवनशाहीले रु. १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उक्त बीमा वापतको लाभ प्रदान गरिएको हो ।

एनआई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७१ एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको, “देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूह सम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको, देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकाल देखि हाल सम्ममा प्रत्येक्ष र अप्रत्येक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको तथा देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखाकार्यालयहरू स्थापना गरेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *