
जेठ २८,
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय डहरवेरियाका विद्यार्थीहरुलाई लागु पदार्थ दुव्र्यसनी तथा ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण दिइएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद डंगौरा, प्र.अ. लिलाराम ओली, शिक्षक, विद्यार्थीहरुको उपस्थितिमा ईलाका प्रहरी कार्यालय जोशीपुरका प्रसनी विर बहादुर धामीले विद्यार्थीहरुलाई लागुपदार्थ दुव्यसनी सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

यहाँले विद्यार्थीहरुलाई लागुपदार्थको परिचय, असर र यसबाट बच्ने उपायका बारेमा विस्तृत रुपले बताउँदै लागु पदार्थ दुव्र्यसनीमा फसेका बालबालिकाहरुलाई कसरी छुट्कारा दिलाउन सकिन्छ भन्ने विषयलाई समेत जोड्नु भएको थियो । हिरोईन, ड्रक्स जस्ता शरीरलाई हानिकारक हुने बस्तु वेचविखन गरेको पाईएमा कानुनी सजाय हुने पनि वहाँले बताउनु भयो । त्यसै गरि बालबालिकाहरुले कसरी बाटोमा हिड्ने, बाटो कसरी काट्ने, जेव्राक्रसिङ्ग कसरी गर्ने लगायतको विषयमा अस्थाई ट्राफिक प्रहरी पोष्ट जोशीपुरका ईन्चार्ज राम बहादुर बमले प्रशिक्षण गर्नु भएको थियो ।
