समूह सदस्यहरुलाई व्यवसायिक बनाउनुपर्छः निर्धन लघुवित्त

समूह सदस्यहरुलाई व्यवसायिक बनाउनुपर्छ भन्ने उद्देश्यले निर्धन लघुवित्त वित्तिय संस्था लि शाखा कार्यालय जोशीपुरले आफ्ना समूह सदस्यहरुलाई व्यवसायिक बाख्रा पालन तालिम दिएको छ। परम्रागत बाख्रा पालनलाई अव व्यवसायिक बाख्रा पालन तर्फ लैजानुपर्छ । लघुवित्तमा आवद्ध महिला सदस्यहरुलाई उनिहरुको आर्थिक अवस्था सुधारका लागि व्यवसायिक बाख्रापालनमा लघुवित्तले जोडदिएको संस्था शाखा प्रमुख रामचरण चौधरीले बताउनु भयो । सिप सिकेर आफुनो जुनसुकै व्यवसायलाई राम्रो व्यवस्थापन गर्न सकिने पनि वहाँले बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरियाले सिकाईलाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनु भयो । “महिलाहरु व्यवसायिक बन्न जरुरी छ । आफ्नो खुट्टामा उभिन जरुरी छ । पुरुष वाहिर काम गर्न जान्छन् तर महिलाहरु घरबारी हेर्ने गर्दछन् । त्यस कारण घरमै सानो व्यवसायको रुपमा केहि गर्न जरुरी छ । अहिलेको अवस्थामा पुरुषको भरमा मात्र रहनु हुदैन महिलाले पनि व्यवसायिक बनि आर्थिक रुपमा सवल बन्न आवश्यक छ । वहाँले भन्नु भयो ।

सहभागि कैलाशपति डंगौराले ३ दिनको तालिममा सिकेका कुरा आफ्नो व्यवसायमा लागि गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । लघुवित्तबाट लिएको ऋण सम्बन्धित शिर्षकमा खर्च गर्नुपर्छ भन्ने पनि वहाँको भनाई रहेको थियो ।
त्यसै गरि सहभागि दुर्गा चौधरीले लघुवित्त प्रतिको नकरात्मक भ्रममा नलाग्न सवैलाई आग्रह गर्नुभयो । वहाँले आम्दानीको केहि अंश अनिवार्य बचन गर्नुपर्नेमा जोड दिनु भयो ।
जेठ २३ गते देखि सुरु भएको तालिम जेठ २५ गते सम्पन्न भएको छ । तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहेको जोशीपुर पशु शाखा प्रमुख नारायण चौधरी रहनु भएको थियो । ३ दिनको तालिममा बाख्रा पालनको परिचय र महत्व, बाख्राको जात छनौट, आहाराको व्यवस्थापन, विभिन्न उमेर समूहका बाख्राको हेरचाह, बाख्रामा लाग्ने परजीवी, बाख्राको प्रजनन् व्यवस्थापन, बाख्रामा लाग्ने रोग तथा उपचार र रोकथामका उपाय, अभिलेख व्यवस्थापन तथा बजारीकरणको वारेमा प्रशिक्षण दिइएको थियो ।

संस्थाका वरिष्ठ सहायक लेखापाल चन्द्रवदन मिश्रले यस क्षेत्रका महिलाहरुको उत्थान तथा आर्थिक समृद्धिका निमित्त लघुवित्तले मात्र कार्य गरेर नपुग्ने बताउँदै स्थानिय सरकार तथा अन्य सहयोगी संस्थाको सहयोग तथा समन्वय आवश्यक रहेको वहाँले बताउनु भयो । कार्यक्रम टिका चौधरीको सभाध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *