पन्छि मिलियन्स क्लबमा प्रवेश/पन्छी २ बनाउने तयारीमा संगत थारु

थारु म्यूजिक भिडियो पन्छी मिलियन्स् क्लवमा प्रवेश गरेको छ । छोटो समयमा दर्शकहरुको मिठो माया पाउन सफल भिडियोमा कलाकार मेगा स्टार संगत थारु, समु चौधरी, अजय राना र स्मिता पछल्डंगीयाको रोमान्टिक तथा मनछुने अभिनय रहेको छ । जसमा दुई दाजुभाईको समसामयिक परिवेशको अवस्था र वाध्यतालाई चित्रण गरिएको छ। भिडियो मिलियन्स क्लवमा प्रवेश गरेसँगै मेगा स्टार संगत थारुले पन्छी २ चाँदै निर्माण गरिने सार्वजनिक सञ्जाल फेशवुक मार्फत साझा गरेका छन् । उनले लेखेका छन् “आज पन्छी भिडियो १ मिलियन पुगेसँगै अव पन्छी २ को तयारीमा चाँदै नै भिडियो सहित आउने छौं ।”

बसन्त चौधरीको लगानीमा निर्माण भएको भिडियोको पोष्ट प्रोडक्सन सि.एस. फिल्म् प्रा.लि.को रहेको थियो । भिडियोको भ्यूज अग्र्यानिक रहेको सि.एस.फिल्म्. प्रा.लि. धनगढीका प्रबन्धक सतिश कुमार सिन्हाले बताउनु भएको छ। भिडियोलाई कुनै वुष्ट गरिएको छैन । दर्शकहरुले माया दिएको हो । वहाँहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।” वहाँले भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *