
जेठ २०,
कैलालीको जानकी गाउँपालिकाले सामुदायक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयको शैक्षिक नतिजा विश्लेषण गुणस्तर सुधार सम्बन्धी विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्राधानाध्यापकहरुसँग छलफल तथा अन्तरकृया कार्यक्रम गरेको छ। शैक्षिक गुणस्तर वृद्धि गर्न पालिकाले जानकी गा.पा.को ३० वटा सामुदायिक विद्यालयका वि.व्य.स. अध्यक्ष तथा प्राधानाध्यापकहरुमा थप उर्जा प्रदान गर्न रचनात्मक अन्तरकृयाको आयोजना गरेको हो ।

“बातावरण मैत्री पूर्वाधार, पहिचान सहितको जानकी गाउँपालिका विकासको मूल आधार” मूल नारा रहेको कार्यक्रम जानकी गा.पा. अध्यक्ष गणेश चौधरीको सभाध्यक्ष्तामा सम्पन्न भएको थियो । गा.पा. उपाध्यक्ष लालमति देवी कठरिया, शि.वि. तथा समन्वय ईकाई प्रमुख बैकुण्ठ सुवेदी, जानकी गा.पा. प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरी, वडा अध्यक्षहरु, शिक्षा अधिकृत धर्मानन्द कपाडी लगायतको उपस्थितिमा भएको वृहत अन्तरकृयामा महेन्द्रनगर नमुना मा.वि. कञ्चनपुरका वि.व्य.स. अध्यक्ष विरेन्द्र राज विष्ट र श्री दुर्गा मा.वि. अत्तरिया कैलालीका प्राधानाध्यापक शिवराज जोशीले सामुदायिक विद्यालयमा कसरी विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ ?, यसका लागि विद्यालय व्यवस्थापन समितिले के–के गर्न आवश्यक छ ? शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका कस्तो हुन पर्छ ? स्थानिय सरकारले शैक्षिक गुणस्तरका लागि के कस्तो नितिगत योजना बनाई लागु गर्न आवश्यक छ ? भन्ने जस्तो महत्वपूर्ण विविध विषयमा केन्द्रीत रहि आफ्नो अनुभव साझा गरेका थिए । जिल्ला कै नमुना विद्यालयको रुपमा मानिने महेन्द्रनगर नमुना मा.वि. कञ्चनपुर र श्री दुर्गा मा.वि. अत्तरिया कैलालीले विद्यालयमा गरिरहेको शैक्षिक गुणस्तर सुधारमा प्रयास, पहल, चुनौती तथा उपलब्धिका वारेमा वहाँहरुले बताउनु भएको थियो ।

विकासको मूल आधार शिक्षा हो र यसलाई सामुदायिक विद्यालयमा गुणस्तर बनाउन नसक्नुको खास कारण पत्ता लगाई समाधानको निष्कर्ष लिखित रुपले दस्तावेज बनाई जानकी गाउँपालिकाको हरेक विद्यालयमा लागु गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरीले बताउन भयो । हामी सवैले आ–आफ्नो पदिय जिम्मेवारी सहि तरिकाले बहन ग¥यौं भने पक्कै शिक्षामा सुधार ल्याउन सकिन्छ भन्ने पनि वहाँको भनाई रहेको थियो ।

संस्थागत विद्यालयमा विद्यार्थीहरु बढ्नु र सामुुदायिक विद्यालयमा विद्यार्थीहरु घट्नुको कारण पत्ता लगाई निराकरणको उपाई खोज्न जरुरी छ। सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयमा अभिभावकहरुको नियमित सकृयता, बालबालिकाहरुको वारेमा चाँसो गुनासो हुनुका कारण पनि पत्ता लगाउन आवश्यक छ र यसको सकारात्मक पक्षलाई सामुदायिक विद्यालयमा पनि लागु गर्न आवश्यक छ । भन्ने गा.पा. उपाध्यक्ष लालमति देवी कठरियाको भनाई रहेको थियो ।

त्यसै गरि गा.पा. अध्यक्ष एवं सभाध्यक्ष गणेश चौधरीले बृहत अन्तरकृयाबाट आएका सुझावलाई सकारात्मक रुपमा लिएको बताउनु भयो । वहाँले एकले अर्कालाई दोष लगाउने अर्कोले अर्कोलाई दोष लगाउने र अन्तमा बालबालिका नराम्रो भयो भन्ने जस्तो नराम्रो प्रवृतिलाई हटाई लक्ष्य प्राप्ति तर्फ प्रयासरत रहन सवैलाई आग्रह गर्नु भयो । हाम्रो विद्यालय कहाँ छ र हामी हाम्रो विद्यालयलाई कहाँ पुगाउन चाहन्छौं भन्ने विषयमा गम्भिर हुन समेत सवै वि.व्य.स. अध्यक्ष तथा प्र.अ.हरुलाई आग्रह गर्नु भयो ।

