विद्यार्थी प्रोत्साहनका लागि राष्ट्रिय मा.वि. डहरवेरियामा साईकल वितरण

कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ स्थित राष्ट्रिय मा.वि. डहरवेरियाका कक्षा ६ देखि १० सम्मका प्रथम र द्धितिय हुने विद्यार्थीलाई साईकल वितरण गरिएको छ। जोशीपुर गाउँपालिका वडा नं. ४ स्तरीय कार्यक्रम अन्तरगत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई साईकल वितरण गरिएको हो ।

कार्यक्रममा विद्यालयको शुक्रबारे अतिरिक्त कृयाकलाप अन्तरगत कक्षागत नेपाली र अंग्रेजी अनुलेखन प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई पाठ्य समाग्रीले पुरस्कृत गरि विद्यार्थी प्रोत्साहन कार्यक्रम गरिएको थियो ।

२०८१ साल जेठ १० र ११ गते भएको अनुलेखन प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । जस अन्तरगत प्रत्येक कक्षाका विद्यार्थीहरु जो नेपाली र अंग्रेजी अनुलेखनमा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गरे उनिहरुलाई जनप्रतिनिधि, वडा अध्यक्ष रामजनम चौधरी, वि.व्य.स. अध्यक्ष विष्णु प्रसाद डंगौरा, शि.अ.संघ अध्यक्ष चौधरी राज चौधरी, विद्यालय प्र.अ. लिलाराम ओली, पुर्व वडा अध्यक्ष लखन चौधरी, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति लगायतको उपस्थितिमा पाठ्य सामग्रीले पुरस्कृत गरिएको थियो ।

त्यसै गरि विद्यालयले २०८० साल चैत्र मसान्त सम्म विद्यालयको आन्तरिक मुल्याङ्कनमा उत्कृष्टमा पर्ने विद्यार्थीलाई पनि प्रमाण पत्र सहित पाठ्य सामग्रीले सम्मान गरेको थियो । साथै विद्यालयले कक्षा १ देखि १० सम्मका छात्राहरुलाई छात्रवृति वितरण गरेको छ भने दलित समुदायका विद्यार्थीहरुमा छात्र छात्रा दुवैलाई छात्रवृति वितरण गरेको छ ।

सभापति विष्णु प्रसाद डंगौराको सभातित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष रामजनम चौधरीले विद्यार्थीहरुको शिक्षामा प्रोत्साहन गर्न साईकल वितरण गरेको बताउनु भयो । “विद्यार्थीहरुलाई सानासाना कुराले खुशी, उत्साह र उत्प्रेरित गर्दो रहेछ । त्यो सानो कुराले उनिहरुको हौसाल बढ्दो रहेछ । त्यसकारण शिक्षामा राम्रो नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्न आवश्यक छ ।” वहाँले भन्नु भयो ।

विद्यालयका प्र.अ. लिलाराम ओलीले विद्यालयमा शिक्षक र घरमा अभिभावकको जिम्मेवारी सहि ढंगले निर्वाह भयो भने विद्यार्थीहरु अनुशासित, नैतिकवान र शिक्षामा लगनशिल हुने बताउनु भयो । “उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कारले सम्मान ग¥यौं भने त्यो हौसला, उर्जा र प्रोत्साहनले कमजोर विद्यार्थीहरुलाई पनि प्रेरणा मिल्ने गर्दछ।” वहाँले भन्नु भयो ।

त्यसैगरि पुरस्कृत विद्यार्थीहरुलाई बधाई दिंदै वि.व्य.स. अध्यक्ष विष्णु प्रसाद डंगौराले विद्यालयबाट हुने कमिकम्जोरी आफुलाई जानकारी गराउन सम्पूर्ण अभिभावकहरुलाई आग्रह गर्नु भयो । “कमजोरी खोज्यौं भने मात्र त्यसको सुधार गर्ने उपाय खोज्न सक्छौं ।” वहाँले भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *