
जेठ १३,
कैलालीको जोशीपुरमा यूवा सञ्जाल जोशीपुरले आधुनिक कृषि व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउन कृषि व्यवसाय प्रवद्र्धन तथा यूवा कृषक प्रोत्साहनका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। स्थानिय स्तरमै रोजगारीको अवसर सृजना गर्न यस क्षेत्रका यूवाहरुलाई आधुनिक कृषिमा आवद्ध गराउने उद्देश्यले यूवा सञ्जालले कार्यक्रमको आयोजना गरेको हो ।

२ दिने अभिमुखिकरणमा कृषि विज्ञ गिरीजा चौधरी, कृषि प्राविधिक निलम चौधरी र नविन चौधरीले प्रशिक्षण दिएका थिए भने मोटिभेश्नल प्रशिक्षकको रुपमा नवराज खनाल र पुजा चौधरी रहेका थिए । कार्यक्रममा नयाँ कृषकहरुको उत्प्रेरणाका लागि जोशीपुरका सफल कृषक नागेश्वर चौधरी र अनिल चौधरीले पनि आफ्नो अनुभव शेयर गरेका थिए । बेमौसमी तरकारी खेति तथा खर्वुजा खेतिबाट मनग्य आम्दानी गरेका कृषक नागेश्वर चौधरीले कृषिमा थोरै लगानीमा धेरै आम्दानी लिन सक्ने बताए ।

त्यसै गरि युवा कृषक अनिल चौधरीले असोज देखि मंसिर सम्म च्याउ खेति गरेमा बढि मुनाफा लिन सक्ने बताए । उनले भने “च्याउ धेरै फल्ने भएकोले खेर जाने डर हुन्छ । दशैं दिपावली तथा विवाहको सिजनमा जति फलाए पनि खेर जादैन ।” त्यसै गरि समय अनुसार बेमौसमि तरकारी खेति, माछा पालन, बंगुर पालन, बाख्रा पालन, खर्वुजा खेति गर्न सके युवा विदेश जानु पर्दैन भन्ने कृषि विज्ञ गिरीजा चौधरीले बताए ।

कार्यक्रमलाई बाल कल्याण संघ टीकापुरले आर्थिक सहयोग गरेको थियो । यूवा सञ्जाल जोशीपुरका अध्यक्ष सन्तोष वि.क.को सभाध्यक्षतामा भएको कार्यक्रमलाई बाल कल्याण संघ टीकापुरको संचालक समिति अध्यक्ष धन बहादुर वि.क.ले प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । यूवाहरुलाई बाल कल्याण संघको बारेमा ब्याख्या गर्दै हरेक यूवाले आफ्नै क्षेत्रमा रोजगारी सृजना हुन सक्ने विकल्प खोज्न जरुरी रहेको बताउनु भयो । जसमा बालकल्याण संघ टीकापुरले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने वहाँले बताउनु भयो ।