संचालक सहित १७ जना जिल्ला चलान/ घोडाघोडी सुधार केन्द्र शाही मृत्यु प्रकरण

घोडाघोडी नगरपालिका–२ का २३ वर्षीय सुनिल शाहीको सुधार केन्द्रमा हत्या भएको भन्दै पीडित परिवारले १७ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रारम्भिक अनुसन्धानका लागि संचालक बल खत्रि सहित १७ जनालाई जिल्ला प्रहरी कार्यालय धनगढी पठाएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

यस घटनामा प्रहरीले समितिका विभिन्न व्यक्तिहरूलाई सोधपुछ गरेको थियो। केहीलाई नियन्त्रणमा लिएर राखे पनि प्रहरीले सबैको नाम सार्वजनिक गरेको छैन। जाहेरी परेका मध्य १६ जना प्रहरी नियन्त्रणमा रहेका छन् भने १ जना फ्रहार रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउँदले जानकारी दिएका छन् । मङ्गलवार राती शाहीको सुधार केन्द्रमा मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *