बाँणी कुलाको देसाहुर चल्यो/पुरानो कमिटीद्धारा रोक्ने प्रयोस

बैशाख २५,
कैलालीको जोशीपुर ४ स्थित बाँणी कुलो सिचाई जलउपभोक्ता संस्थाको देसाहुर सुरु भएको छ। बाँणी कुलो सिचाई जलउपभोक्ता संस्थाको नयाँ कमिटिले देसाहुर लगाएर कुलो खन्ने कार्य सोमबार देखि सुरु गरेको छ । किसानको खेत सिंचाईका लागि कुलोमा पानी ल्याउन निकै कष्ट भोग्दै आएका किसानहरुलाई लिएर नयाँ अध्यक्ष विधिराम चौधरीले देसाहुर चालु गरेको छन् । कुलो खन्दै गर्दा पुरानो कमिटिका अध्यक्ष डम्मर परियारको टोलीले फोन मार्फत धम्की दिदै कुलो खन्ने कार्य एथासिघ्र बन्द गर्न भनेको अध्यक्ष विधिराम चौधरीले बताए । १५ वर्ष सम्म १७ गाउँका ४ हजार किसानहरुलाई गुम्राहमा पारी पानी पोट उठाई सार्वजनिक सुनुवाई नै नगरि आफु हिसावकिताबमा हिनामिना गरेको र आफ्नो कार्यकालमा किसानहरु परशु चौधरी, कासीराम महतों, नर बहादुर रावल, बम बहादुर रावल लगायत ५ जनाको विगहौं जमिन बेचि खाएको पनि उनले बताए । अझै बाँणी कुलो सिचाई जलउपभोक्ता संस्थाको १५ लाख रुपैया ऋण रहेको बताइएको छ । त्यो पुरानो ऋण नयाँ कमिटिले नतिर्ने उनको भनाई छ ।

“कुलो खन्ने कार्यमा अवरोध आउन थालेपछि सि.डि.ई.का कार्यालय प्रमुख अमर बहादुर पाल पनि देसाहुर पुगेका छन् । किसानको श्रमदान एकदमै स्राहनिय छ । काम राम्रो भईरहेको छ । निरन्तर प्राविधिक खटेका छन् ।” आगामी दिनमा आफुबाट हुनसक्ने सहयोग गर्ने उनले बताए। त्यसैगरि नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश सदस्य जितु सि.ले किसानको समस्यालाई सकारात्मक रुपमा लिएको बताए । उनले भने दुई पक्ष विच बसेको छलफलले अव काममा रोकावट तथा धाकधम्की नआउने पनि वहाँले बताउनु भयो । बाँणी कुलो सिचाई जलउपभोक्ता संस्थाको कार्य प्रति नेपाल कम्युनिष्ट पार्टी पूर्ण रुपमा सकारात्मक रहेको पनि वहाँको भनाई रहेको थियो ।

https://fb.watch/rVNkQh7t_1

Leave a Reply

Your email address will not be published. Required fields are marked *