कालोपत्रे सडकको गुणस्तर चेकजाँच गर्दै जोशीपुर

पछिल्लो समयमा कालोपत्रे सडकको गुणस्तर खस्किदै आएको देखिन्छ । निर्माण भएको महिनौ दिन नपुग्दै कालो पत्रे सडक भत्किएको तमात उदाहरण हामी सबैमा जगजाहेरै छ । भर्खरै सम्पन्न भएको जोशीपुर स्वास्थ्य केन्द्र देखि मैनपोखरी जोड्ने सडकको गुणस्तर चेकजाँचका लागि जोशीपुर गाउँपालिकाले कोर–कटिङ्ग मेसिन प्रयोग गरेको हो ।

एक करोडको लगानिमा बनेको ९ सय ६ मिटर कालो पत्रे सडकको चौडाई ५.५ मिटर रहेको छ भने थिकनेस २० एम.एम. रहेको छ । स्टिमेट अनुसार काम भएको जोशीपुरका सव ईन्जिनियर भरत बहादुर विष्टले बताउनु भयो । निदिम निर्माण सेवाका दिपक रावलले काम समय भन्दा पहिले सकिएको बताउनु भयो । जोशीपुर २ मुद्धि देखि मैनपोखरी जाने बाटो वर्षाको सिजनमा हिलाम्य हुने भएकाले समयै काम सकाएको पनि वहाँले बताउनु भयो ।

जोशीपुर गा.पा. प्रमुख प्रशासकिय अधिकृत मार्शल पन्त, गा.पा.का ईन्जिनियर हरिषा पन्त, सव ईन्जिनियर भरत बहादुर विष्ट लगायतको उपस्थितिमा कालोपत्रेको नापजोख र गुणस्तर चेकजाँच गरिएको थियो । समय भन्दा पहिले नै सडक भत्किने देखिएकोले कामको गुणस्तर चेकजाँच आवश्यक रहेको प्रमुख प्रशासकिय अधिकृत मार्शल पन्तले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *