
जोशीपुर गाउँपालिका वडा नं. ४ खर्चुवामा विजुलीको पोलबाट बैशाख ६ गते विहिबार तार सर्ट भई गहुँमा लागेको आगोबाट खर्चुवा निवासी पर्शुराम चौधरीको १३ कट्ठा गहुँ पूर्ण रुपमा क्षेति भएकोे छ । त्यसै गरि जोशीपुर गाउँपालिका र वर्दगोरिया गाउँपालिकाको सिमाना पर्ने जोकाही र पकरियामा पनि बैशाख ८ गते शनिवार भिषण आगलागी भएको थियो । बर्दगोरिया ६ जोकाही बस्ने वर्ष २४ कि विपना गड्सिलाले आफ्नो वारीमा फोहर जलाउन लगाईएको आगोले भिषण रुप लिए पछि विगहौंको गहुँ जलेर नष्ट भएको थियो । जस्मा हरी चन्द्र बडायकको १५ कट्ठा, नकुल चन्द्र वडायकको ६ कट्ठा, मुकेश कठरियाको १४ कट्ठा, राम किशन महतोको ११ कट्ठा, राम बहादुर महतोको १५ कट्ठा, महाराज कठरियाको १ विगहा, भागमल महतो ६ कट्ठा, विवेस चन्द्र वडायक ६ कट्ठा, रिमा देवी चौधरी ५ कट्ठा, फुलराम डंगौराको १० कट्ठा, सुबुलाल डंगौराको १० कट्ठा, जनक थारुको ५ कट्ठा, रामकिसन चौधरी ५ कट्ठा र मकुराम डंगौराको १० कट्ठाको गहुँवाली पूर्ण रुपले नष्ट भएको ईलाका प्रहरी कार्यालय जोशीपुरले जनाएको छ । पिडित कृषकहरुले क्षेतिपुर्ति सहित दोसीलाई कडा कारवाहीको माग गरेका छन् ।

पिडित कृषकहरुलाई जोशीपुर गाउँपालिकाले राहत दिने भएको छ । राहत स्वरुप प्रति कट्ठा १ हजार ५ सयका दरले नगद दिने जोशीपुर गाउँपालिकाको विपद शाखाले निर्णय गरेको छ । कृषकहरुलाई पूर्ण रुपमा क्षेति पुर्ति दिन नसके पनि केहि राहत स्वरुप नगद दिने जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीले बताउनु भयो । यसबाट कृषकहरुलाई उनिहरुको लगानीमा केहि सहयोग मिल्न सक्ने पनि वहाँले बताउनु भयो ।
