
कैलालीको जोशीपुरमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग नेपाल सरकारको सप्ताह व्यापी अभियानलाई सार्थकता प्रदान गर्न जोशीपुर गाउँपालिकाले स्वास्थ्यकर्मी, कर्मचारी, राजनितिक दल, पत्रकार, , भलमन्सा, स्वास्थ्य स्वयम् सेवीकाहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम गरि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरेको हो ।

व्यक्तिगत कानुनी पहिचान र राज्यबाट प्रबाह हुने विभिन्न सेवा प्राप्तीका लागि जन्म, मृत्यु, विवाह, बसाईसराई र सम्बन्ध विच्छेद लगायतका व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आफ्नो वडा कार्यालयमा दर्ता गर्न सवैलाई अनुरोध गर्दै उपस्थित सवैलाई आ–आफ्नो तहतप्काबाट सूचना प्रबाह गरि सहयोग गरिदिन जोशीपुर गा.पा. अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष चित्र बहादुर चौधरीले आग्रह गर्नु भएको छ । त्यसै गरि जोशीपुर गा.पा. प्रमुख प्रशासकिय अधिकृत मार्शल पन्तले जन्म देखी मरण सम्म मानव जीवनको दस्तावेजका लागि व्यक्तिगत घटना आवश्यक रहेको बताउनु भएको छ।

