
थारु गीत संगीतको उत्पादन वितरण व्यापकरुपमा भैइरहेको अवस्थामा बहुप्रतिक्षित थारु कथानक म्युजिक भिडियो “अईना जैना डगर रह“ म्युजिक भिडियो वैशाख ५ गते राम नवमीको अवसरमा सेविल इन्टर्टेन्मेन्ट प्रा.लि. को आधिकारिक युट्युव च्यानल मार्फत सर्वाजानिक हुने भएको छ। भिडियोमा प्रेमिल जोडी विचको चोखो माया, धोखा र वियोगको कथा वस्तु समेतेर भिडियो निर्माण गरिएको छ ।
थारु समुदायको प्रतिनिधित्व गर्ने म्युजिक भिडियोमा प्रीन्स नभनित र स्वयक्छा महतोको अभिनय रहेको छ। यस भिडियोमा छायांकन र सम्पादन रमेश चौधरीको छ भने निर्देशन हिरा चौधरीको रहेको छ।
यस भिडियोको अडियो करिब १ दशक पहिले निर्माण गरिएको थियो। जसमा चर्चित गायक प्रमोद खरेलको स्वर रहेको छ भने शब्द संगीत राष्ट्रिय थारु कलाकार मंचका केन्द्रिय अध्यक्ष विनय वैधको रहेको छ।





