१० हजार ५ सय ९३ बालबालिकालाई दादुरा रुवेला खोप लगाउने जोशीपुरको लक्ष्य

फाल्गुन ११,
कैलालीको जोशीपुरमा दादुरा रुवेला खोप अभियान सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मीहरु, विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थितिमा जोशीपुर गाउँपालिकाको सभाहलमा अभिमुखिकरण गोष्ठी भएको हो । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाउने फाल्गुन १३ गते देखि चैत्र ७ गते सम्म नेपालको राष्ट्र व्यापी अभियानलाई सफल बनाउन जोशीपुरमा अभिमुखिकरण गोष्ठी गरिएको जोशीपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नृप चौधरीले बताउनु भयो । यस वर्ष जोशीपुरमा १० हजार ५ सय ९३ जनालाई दादुरा रुवेला खोप लगाउन लक्ष्य रहेको पनि वहाँले बताउनु भयो । फाल्गुन १३ गते देखि २१ गते सम्म जोशीपुरको विभिन्न विद्यालयमा ४५ वटा खोप केन्द्र सञ्चालन गरि खोप अभियान सफल पार्ने लक्ष्य रहेको बताउँदै प्रत्येक खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मी र ३ जना स्वासथ्य स्वयंसेवक खटाईने पनि वहाँले बताउनु भयो ।

जनस्वास्थ्य निरिक्षक मनिषा झा ले अभिमुखिकरण गोष्ठीमा शहजीकरण गर्नु भएको थियो । ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुले अनिवार्य रुपमा दादुरा रुवेलाको खोप लगाउनु पर्ने बताउँदै यस खोपले बालबालिकाहरुलाई अन्य विभिन्न रोग लाग्नबाट बचाउने र खोप लगाउँदा स्वास्थ्यमा कुनै किसिमको नकरात्मक असर नपर्ने जानकारी दिनु भयो ।
“गत वर्षको तथ्याङ्क अनुसार १३ प्रतिशतले खोप लागउनु पर्छ भन्ने थाहै पाएनन् । महिला स्वास्थ्य स्वयम् सेविकाबाट ८७ प्रतिशत, आफन्त तथा छिमेकीबाट २७ प्रतिशत र स्वास्थ्यकर्मीबाट १७ प्रतिशत शिक्षक शिक्षिका तथा जनप्रतिनिधिबाट ४ प्रतिशतले मात्र समुदायमा दादुरा रुवेला रोगको खोप लगाउने विषयमा जानकारी पाए ।” वहाँले भन्नु भयो ।
अहिले ग्रामिण क्षेत्रमा खोपको विषयमा सचेतनाको कमि तथा गलत प्रचार प्रसारले भ्रमित नभई ढुक्कसाथ आफ्ना बालबालिकाहरुलाई खोप लगाई पूर्ण रुपमा दादुरा रुवेला मुक्त समाज बनाउनमा सम्पूर्ण अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा संचार माध्यमलाई आग्रह गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *