जोशीपुरमा वर्तमान राजनितिक संकट र यसको समाधान विषयमा अन्तरकृया

कैलालीको जोशीपुरमा वर्तमान राजनितिक संकट र यसको समाधानको विषयमा अन्तरकृया भएको छ। नेपाल कम्युनिष्ट पार्टी जोशीपुर गाउँ कमिटिको आयोजनामा अन्तरकृया सम्पन्न भएको हो । राजनितिले समाजमा पु¥याएको योगदान र ल्याएको अराजकताको विषयमा नेपाल कम्युनिष्ट पार्टी जोशीपुर गाउँ कमिटिका ईन्चार्ज राम बोहराको सभापतित्व तथा नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय पोलिटव्यूरो सदस्य क.आधार को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपालमा लोकतन्त्र आए पश्चात नेपाल सरकारले जनताबाट उठाईएको कर बाफत जनतालाई दिएको सेवासुविधाको विषयमा छलफल भएको थियो । जनताका आधारभुत आवश्यकता गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, संचार, मनोरञ्जन, भ्रमण र यातायातलाई सरकारले पुरा गर्न सकेको छैन । जनतामा नेताहरुले नैरस्यता भरिदिएका छन् । जनताको विश्वासलाई राजनितिज्ञहरुले तोडेका छन् । जनताहरु पनि नेता देखेर छिछि दुरदुर गरिरहेका छन् । बास्तविक रुपमा जनताले जसरी जिउन पाउनु पर्नेहो त्यो बातावरण नेताहरुले सृजना गरिदिएका छैनन् ।

नेताहरु राजनितिलाई सेवाको रुपमा नलिई पेशाको रुपमा लिन थाले पछि वास्तविक राजनितिज्ञहरु तथा पढेलेखेका युवाहरु विदेश पलायन भएको विस्वविकता सवैमा सर्ववितितै छ । यसरी आईरहेको राजनितिक संकटलाई निराकरण गर्न राजनिति दलहरु एकतावद्ध हुन आवश्यक रहेको कार्यक्रममा राजनितिज्ञहरुको भनाई रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *