
कैलालीको जोशीपुर जेसीजले जोशीपुर गाउँपालिका क्षेत्र भित्रका SEE परीक्षा दिने विद्यार्थीहरुलाई Boost Up Motivation तालिम दिने कार्यक्रम सुरु गरेको छ। मोहन्याल मा.वि. जोशीपुर १ वडहरिया जोशीपुरका विद्यार्थीहरुलाई जोशीपुर जेसीजका तालिम संयोजक पुजा चौधरीद्धारा विद्यार्थीहरुको कन्फिडेन्ट लेवल बढाउन प्रशिक्षण दिइएको छ।

जोशीपुर जेसीजको वार्षिक कार्यक्रम अन्तरगत रहेको यो प्रशिक्षण SEE दिने विद्यार्थीहरुलाई उनिहरुको मनोवल बढाउन दिइएको अध्यक्ष भरत डंगौराले बताउनु भयो । यो प्रशिक्षण जोशीपुर जेसीजले जोशीपुर क्षेत्र भित्रका SEE दिने सम्पूर्ण विद्यार्थीहरुलाई उनिहरुकै विद्यालयमा गई प्रशिक्षण दिने पनि बताउनु भयो । औपचारिक कार्यक्रम जोशीपुर जेसीज वर्ष २०२४ का अध्यक्ष भरत डंगौराको सभाध्यक्षता तथा मोहन्याल मा.वि.का सहायक प्रधानाध्यापक कालुराम चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । SEE परीक्षा भन्ने वित्तकै विद्यार्थीहरु होप्लेस हुने गर्दछन् त्यस कारण विद्यार्थीहरुलाई यो तालिम आवश्यक रहेको प्रमुख अतिथि कालुराम चौधरीको भनाई रहको थियो ।
