
कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ४ स्थित बाँणी कुलो सिचाई जलउपभोक्ता संस्थाको तदर्थ कमिटिले पूर्णता पाएको छ। वि.सं. २०६६ सालमा डम्मर परिवारको अध्यक्षतामा गठन भएको तदर्थ समितिले किसानको हितमा कार्य नगरेपछि पुनः १५ वर्ष पश्चात २०८० साल बैशाख १५ गते २२ गाउँको आम भेलाबाट विधिराम चौधरीको अध्यक्षतामा नयाँ तदर्थ समिति गठन भएको थियो । नयाँ कठित तदर्थ समिति माघ १३ गते शनिवारका दिन पुनः आमभेलाबाट १८ सदस्यीय कमिटि कठन भई पूर्णता भएको छ। संस्थाका अध्यक्ष विधिराम चौधरीको अध्यक्षतामा भएको आम भेला भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री माननिय कैलाश चौधरीको प्रमुख आतिथ्यता तथा जलस्रोत विकास सिंचाई डिभिजन कार्यालयका कृष्ण कडायत र पूर्व माननिय कृष्ण बहादुर चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

वर्षातको समयमा यस क्षेत्रका किसानहरु वाढि प्रभावित भई अन्नवालीको नोक्सानी वेहोर्नु पर्ने र गहु सिजनमा कुलोमा पानी नभई सिचाईको समस्या भोग्नु परेको यस क्षेत्रका किसानहरुको मुख्य समस्या रहेको र समस्यालाई निराकरण गर्नका लागि पहल र प्रयासबाट छिट्टै वाँणी कुलो संचालन गर्ने प्रमुख अतिथि माननिय मन्त्री कैलाश चौधरीले बताउनु भयो । त्यसै गरि सामाजिक समस्यालाई समाधान गर्न पूर्व माननिय कृष्ण बहादुर चौधरीले आफु पनि यस कुलोको उपभोक्ता रहेको बताउँदै चिन्तीत रहेको बताउनु भयो । वहाँले उपभोक्ताहरुलाई उपभोक्ताले राखेको धरौटी रकम एक करोड सुरक्षीत रहेको बताउनु भयो । त्यसै गरि विशिष्ट अतिथि कृष्ण कडायतले सिंचाईको नियम विपरित कुनै काम नगरि सदैव सकरात्मक तरिकाले कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा नव गठित संस्थाका उपाध्यक्ष भैरवसिंह महतोंले पुरानो कमिटिले १५ वर्षको अवधिमा आज सम्म कुनै सार्वजनिक सुनुवाई तथा वार्षिक साधरण सभा नभएको बनाउनु भयो । बरु विभिन्न बहानामा संस्थाको लागि भनि पुरोनो अध्यक्ष डम्मर परियारले तमाम किसानहरुसँग उनिहरुको जग्गा धितो राखी पैसो खर्च गरेको बताउनु भयो ।

सिचाईका लागि किसानहरुले दिएको पैसा हिनामिना गरि अझै पनि १५ लाख भन्दा वढि संस्थाको ऋण रहेको पुरानो अध्यक्षको भनाई रहेको बक्ताहरुले बताएको छन् । बक्ताहरुका अनुसार पुरानो अध्यक्षले नकुनै बैठक बोलाउने न कुनै हरहिसाव सुनाउने नसंस्थाको विषयमा गम्भिर हुन्छन् । प्रत्येक वर्ष पानी पोत किसानसँग उठाउने तर किसानले पाउनुपर्ने सिंचाई सुविधा भने अझै दिन नसकेको प्रति उपभोक्ताको गुनासो रहेको थियो । १५ वर्ष सम्म किसानलाई ठगि उनिहरुको पसिना खाईरहेकोले पुरानो समितिलाई उपभोक्ताहरुले ठग कमिटिको सज्ञाले सम्बोधन गरे ।

आमभेलाबाट चयन भएका नव अध्यक्ष विधिराम चौधरीले किसानको समस्या आफ्नो समस्या रहको बताउँदै अव आउँने दिनमा किसानको समस्यालाई निराकरणका लागि पहल र प्रयास गरि सिंचाईको समस्यालाई न्यूनिकरण गर्ने बताउनु भयो । किसानको समस्यालाई प्राथमिकतामा नराखी पुरानो कमिटिले काम गरेकोले यस्तो समस्या आएको भन्दै वाध्यताले नयाँ कमिटि कठन गरिएको वहाँले बताउनु भयो।

