जोशीपुरमा मनाईयो भव्यताका साथ ३०२ औं पृथ्वी जयन्ती

पुस २७,
कैलालीको जोशीपुरमा ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले भव्य ¥याली प्रदर्शन गरेको छ। विभिन्न सांस्कृतिक झाँकी सहित पार्टीले भव्यताका साथ जोशीपुर बजारमा हजारौंको संख्यामा रहेको राप्रपा पार्टीका सदस्य तथा समर्थकहरुले ¥याली प्रदर्शन गरेका थिए । ¥यालीमा “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ । संघियता खारेज गर ।” जस्ता नारा समेत घन्केको थियो ।

रा.प्र.पा. कैलाली निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) जोशीपुर कैलालीका अध्यक्ष भिम बमले श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा एकता दिवस विभिन्न कार्यक्रम गरि प्रत्येक वर्ष भव्यताका मनाउदै आएको बताए । “यस वर्ष पनि राष्ट्रिय एकता दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम सहित खुल्ला भलिवल प्रतियोगिता राखेका छौं” उनले भने ।
औपचारिक कार्यक्रम रा.प्र.पा. कैलाली निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) जोशीपुर कैलालीका अध्यक्ष भिम बमको सभाध्यक्षता तथा राप्रपाको केन्द्रिय सदस्य एवं पूर्व सभाषद रामदुलारी चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *