
पुस २७,
कैलालीको जोशीपुरमा अवस्थित निसराउ बहुउद्देश्यीय सहकारी संस्था लि.को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुरवली चौधरीको सभाध्यक्षता तथा जोशीपुर गाउँपालिका अध्यक्ष चित्र बहादुर चौधरीको प्रमुख अतिथ्यतामा सभा सम्पन्न भएको हो ।

शेयर सदस्यका जेहेन्दार मेहनती विद्यार्थीलाई सहकारीको शैक्षिक क्षेत्रमा खर्चिने बजेटबाट जोशीपुर गाउँपालिका वडा नं. १ लकडमण्डी निवासी मविना चौधरीलाई नगदराशी सहित कार्यक्रममा सम्मान गरिएको थियो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी मविना चौधरीले उत्कृष्ट जिपिए ल्याएको भन्दै उच्च शिक्षा अध्ययनमा थप उत्साह बढाउन विद्यार्थीलाई सम्मान गरिएको हो । सहकारीले सानो समयमा जोशीपुर बजार भित्र १ कट्ठा जग्गा खरिद गरिसकेको र शेयर सदस्य कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बैशाखी मकै उपलब्ध गराउने संस्थाका अध्यक्ष सुरबली चौधरीले बताउनु भयो ।