सडक दुर्घटना न्यूनिकरणका लागि जोशीपुर ट्राफिक प्रहरीद्धारा जनचेतना

कार्तिक १२,
कैलालीको जोशीपुरमा अस्थाई ट्राफिक प्रहरी पोष्ट जोशीपुरले ट्राफिक जनचेतना कार्यक्रम गरेको छ। “हरप्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” मूल नारा रहेको समुदाय–प्रहरी साझेदारी शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि ट्राफिक जनचेतना कार्यक्रम जोशीपुर बजार चोकबाट सुरु गरि मुद्धि चोक, सिमराना चोक, हस्नापुर चोक र झवही चोक हुँदै फेरी जोशीपुर चोकमा समापन गरिएको थियो । ईलाका प्रहरी कार्यालय जोशीपुर, यूवा सञ्जाल जोशीपुर, जोशीपुर जेसीजको विशेष सहयोगमा अटोमा व्यानर टाँगी जिङ्गल बजाउँदै जनचेतना कार्यक्रम गरिएको थियो ।

जोशीपुर गाउँपालिका क्षेत्र भित्र सडक दुर्घटना वढेसँगै सडक दुर्घटना न्यूनिकरणका लागि जनचेतना मूलक कार्यक्रम गरिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट जोशीपुरका ईन्चार्ज वरिष्ठ हवल्दार खडक बहादुर ऐरको भनाई छ ।

“सवारी चालकहरु प्राय हेल्मेटको प्रयोग नगर्ने, तिव्र गतिमा गाडी चलाउने, मापसे गरि गाडी चलाउने, क्षमता भन्दा वढि यात्रु राख्ने, बजार क्षेत्रमा प्रेशहर्नको वढी प्रयोग गर्ने, सवारी साधनको नविकरण नगरि सवारी चलाउने वढी पाईएकोले जनचेतना आवश्यक छ । हरेक सवारी चालकले ट्राफिक नियम पालना गरी आफु सुरक्षित रहने र अरुलाई पनि सुरक्षित राख्न जरुरी छ ।” वहाँले भन्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *